चलचित्र पत्रकार संघ द्वारा पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान


film-journalist
(सेलिब्रेटी नेपाल) ७ जेस्ठ-चलचित्र पत्रकार संघले आफ्नो १५ औ बार्षिकोत्सब तथा पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । आज गौशलास्थित इन्दे्रणी होटलमा प्रमुख अतिथि बरिस्ठ चलचित्रकर्मी यादब खरेल तथा बिशिस्ट अतिथि पत्रकार महासंघका अध्यक्ष शिब गाउँले रहनु भएको थियो। महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र झरना थापा तथा चलचित्र सम्वद्ध संघ संस्थाका प्रतिनिधि तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
bija-ratna-tuladhar
विदुर गिरी अध्यक्ष तथा लक्ष्मण सुवेदी महासचिव रहेको चलचित्र पत्रकार संघ द्वारा तीन जना रंग पत्रकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । संघले लामो समयदेखी स्वतन्त्र रुपमा चलचित्र पत्रकारीता गर्दै आउनु भएका विजय रत्न तुलाधरलाई सम्मान गरेको छ भने हाल एन.टी.भी प्लसमा ‘चित्रलहर’ नामक सिने कार्यक्रम सञ्चालन गर्ने सन्दीप सापकोटा र नागरिक दैनिकका सन्तोष रिमाललाई चलचित्र पत्रकारीता पुरस्कार २०६९ वितरण गरेको छ।
sandip-sapkota
२०७० को चलचित्र पुरस्कार तथा सम्मान रंग पत्रकारीता गर्दै आएका अनन्त वाग्ले, अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई प्रदान गरिने चलचित्र पत्रकार संघको कार्य समितिले आजै घोसणा गरेको छ।
santos-rimal
journalist-samman