सौगात र शिवको ‘लप्पन छप्पन २’ शिवरात्रीमा



काठमाडौँ। कोरोनाका कारण रिलिज हुन नसकेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ आउँदो फागुनमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । गत हप्ता तीन जिल्लाका प्रशासन कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल खोल्न अनुमति दिएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो चलचित्र गत वर्षको चैत २७ गते रिलिज हुने तयारीमा थियो ।

निर्देशक मुकुन्द भट्टले महाशिवरात्रीलाई लक्षित गर्दै आउँदो फागुन १३ गते चलचित्र रिलिज हुने बताए। यस चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, आना ढकाल,प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल छन् ।

एक्सन जनरामा निर्मित यस चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना र निर्देशक मुकुद भट्ट हुन् । चलचित्रको पटकथा तथा संवादमा निर्देशक भट्टलाई सुनिल निउरेले सघाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.