जन्मदिनमा निर्देशक सुदर्शनले गरे मोडल सुप्रियासँग इन्गेजमेन्ट



काठमाडौँ । निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसर पारेर मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग टिकाटालो गरेका छन् । निर्देशक थापाले मोडल तथा एपिवान टेलिभिजनकी समाचार वाचिकाकटुवालसँग सोमवार टिकाटालो गरेका हुन् ।

‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका सुदर्शन र मोडल तथा समाचार बाचिका सुप्रिया केही महिना यता प्रेममा रहँदै आएका थिए ।

कोरोना कहरकै बिचमा प्रेम सम्बन्धमा रहेका यो जोडीले आउँदो बर्ष विबाह गर्ने निर्णय सहित टिकाटालो गरेको पारिवारीक स्रोतको भनाई छ । सुप्रियाले थुप्रै म्युजिक भिडियोका साथै चलचित्र ‘बिर्खेलाई चिन्छस्’ र ‘साँढे सातमा’ अभिनय गरेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.