युवाको कथा छोटो चलचित्र ‘ठेस’



काठमाडौँ। सविन न्यौपानेको निर्देशनमा बनेको छोटो चलचित्र ‘ठेस’ युट्युबमा सार्वजनिक गरिएको छ । १० मिनेटको चलचित्रमा राम्रो पढाई भएर पनि पैसाको अभावले समस्यामा परेका युवाको कथा समेटिएको छ । नेपालमा अवसर नभएर विदेश जान गर्नुपरेको संघर्ष र बाधालाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा समिर खनाल, सानुकुमार ताम्राकार, नारायण न्यौपाने, सञ्जय केसी, डेनी भट्ट, जीवन न्यौपाने, सञ्जय किङ पौडेल, श्रेया मुनिकार, उत्सव दाहाल लगायतको अभिनय देख्न सकिन्छ l डेनी भट्ट सहायक निर्देशक रहेको चलचित्रको छायांकन तथा सम्पादन सागरमणि खतिवडाले गरेका छन् । चलचित्रका निर्माता प्रवेश रिजाल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.