मधेसको राजनैतिक एजेन्डा बोकेको चलचित्र ‘एक’ ट्रेलर सार्वजनिक



काठमाडौं । निर्देशक मनोज पण्डितद्धारा निर्देशत चलचित्र ‘एक’ को ट्रेलर सनर्वजनिक गरिएको छ । ग्रेटर नेपाल, बधशाला र दासदुङ्गाा लगायतका चलचित्र निर्देशन गरेका पण्डितको एक आशा गरिएको चलचित्र हो । देशको सिमाना मिचियो भनेर सधै चिन्तामा रहने यी पात्रले चलचित्र ‘एक’मा मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा बुनेका छन्।

चलचित्र डिजिटल प्लेटफर्ममा आगामी असोज २१ गते (घटस्थापना)का दिन प्रदर्शनमा आउने बताइएको छ । ‘मधेसको विखण्डनकारी राजनीतिले अंगाल्न खोजेको अस्थिर मनोविज्ञान तथा काठमाडौंले खेलिरहेको असंवेदनशील राजनैतिक खेलका कारण नेपाल कतै विखण्डनतिर जान्छ कि भन्ने भाव चलचित्रको देखाइएको छ ।

कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्रमा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्। चलचित्रमा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्। प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्रलाई दीपक बज्राचार्यले खिचेका छन् ।

चलचित्रको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले फिल्म ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता आत्मा गुरागाईं र सोफिया थापा रहेका छन् ।

चलचित्रमा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.