कालजयी संगीतकार गोपाल योञ्जनको प्रतिमा दार्जिलिङमा



काठमाडौं । कालजयी संगीतकार गोपाल योञ्जनको सम्मान र स्मरणमा दार्जिलिङको भानु भवनमा प्रतिमा अनावरण गरिएको छ । संगीतकार आनन्द राईका अनुसार एक कार्यक्रमका बीच योञ्जनको प्रतिमा अनावरण गरिएको हो । मित्र लामाको अगुवाइमा योञ्जन प्रतिमा स्थापना थालिएको थियो । आधुनिक नेपाली संगीत सुनेर रमाउनेहरुका लागि एउटा अविस्मरणीय नाम हो संगीतकार गोपाल योञ्जन ।

‘मूर्तिकारको जति प्रशंसा गरे पनि अपुग हुनेछ, सहृदय नमन’, संगीतकार राईले फेसबुकमा लेखेका छन् ‘यस कार्यलाई मूर्त रूप दिन आर्थिक सहयोग तथा साथ दिनुहुने महान हृदयहरूलाई नमन ।’ गोपाल योञ्जन नेपाली संगीतमा उलेख्य नाम हो, उनका थुप्रै काल जयी गीतहरु छन्। म आगो सहन्छु,देशले रगत मागे मलाई बली चढाउनू, बनेको छ पहराले यो छाती मेरो, नेपाली नेपालको माया छ कि छैन जस्ता गीत उनले युवा अवस्थामै बनाएका थिए। पश्चिम कि पुर्व घर,च्यान्ग्वा होइ च्यान्ग्वा,कहिलेकाहीं मनका कुरा,हिमाल सरी,अल्झेछ क्यारे पछ्यौरी,छातीमा मेरो यो छोटो भोटो,कान्छी हे कान्छी लगायत उनका दर्जनौं गीत लोकप्रिय छन्। सन् १९४३ मा दार्जलिङ्गमा जन्मिएका योञ्जनको सन् १९९७ मा निधन भयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.