वेब सिरिज ‘कृयापुत्री’ मुहुर्त संगै छायाँकन सुरु



काठमाडौं । निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज ‘कृयापुत्री’ बन्ने भएको छ । सिरिजको सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै छायाँकन सुरु भएको छ । शिवानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ ।

निर्देशक बलामीले सिरिजमा आमा बाबुको निधनपछि काज कृया गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् र कृयाकर्म गर्न नसक्ने वर्गलाई कसरी सहयोग गर्छिन् भन्ने कुरा देखाइने बताए । शिवानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.