छायाँकनको तयारीमा ‘रीत’ र ‘अञ्जली’



काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायाँकन सुरु हुने भएको छ ।चलचित्र ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु चलचित्र हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित चलचित्र हो ।

दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले चलचित्र ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन गरिने बताए ।

दुवै चलचित्रमा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतका कलाकारको अभिनय रहनेछ ।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै चलचित्रमा सागर केरुङको कथा रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.