‘लाइफ इन एलए’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक



काठमाडौं। सुर्य श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक एक पोस्टरमा नव अभिनेता ब्यास बासु र अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ । सार्वजनिक अर्को पोस्टरमा ब्यास र अभिनेत्री अकेशा विष्टलाई देख्न सकिन्छ ।

निर्माण टिमले सोमबार चलचित्रमा समाबेश पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक गर्दैछ । अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्रमा ब्यास, शिल्पा, र अकेशासँगै गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । चलचित्रमा अभिनेता ब्यास बासुकै लगानी रहेको छ ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी, एलिस कार्कीको संगीत रहेको छ । कोरोना महामारीको स्थिति सामान्य रहे निर्माण टिम आगामी दशैंको बेला चलचित्र सार्वजनिक प्रदर्शन गर्ने योजनामा रहेको छ ।