महानायक बागमती सफाई अभियानमा सक्रिय


kalakar bagmati safai
(सेलिब्रेटी नेपाल) ५ जेस्ठ-नेपाल चलचित्र कलाकार संघ र नेपाल विज्ञापन संघले वागमती सफाई अभियानको उद्देश्य लिएर शनिवार आयोजना गरेको मैत्रीपूर्ण भकुण्डो भिडन्तमा नेपाली चलचित्रका महानायक राजेश हमाल जति उत्साहित भएर फूटबल खेल्दै थिए। आइतबार त्यही वागमती सफाईको कार्यक्रममा पनि उनी उत्तिकै सक्रिय देखिन्थे।

राजधानीको पशुपतिनाथदेखि सिनामंगलसम्मको बागमती सफाई अभियानमा हमालसँगै अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, नेपाल विज्ञापन संघका अध्यक्ष राजकुमार भट्टराई, गायक बद्री पंगेनी, नायिका सौजन्य सुब्बा, पूजना प्रधान, पूर्व मिस नेपाल उषा खड्गी लगायतका कलाकार सहभागी थिए।

अन्य सहकर्मी कलाकार झैं हमाल पनि नदीको फोहोर सफा गर्न दुर्गन्धित बागमतीमा गएका थिए । । मास्क र पञ्जा लगाएर नदीको फोहोर टिप्दै गरेको देखेको अवस्थामा हमाललाई देखेपछि त्यो हेरिरहेका दर्शक पनि हमाललाई साथ दिन नदीको सफाईमा लागेका थिए । ‘बाग्मती फोहोर भयो भने बाग्मती मात्रै हैन हामी सबै फोहोरी हुन्छौ, त्यसकारण हामी सबै मिलेर बाग्मतीलाई सफा राख्न जरुरी छ’ दर्शकतिर लक्षित गर्दै हमाल भन्दैथिए,‘त्यसका लागि हामी कलाकार र विज्ञापनकर्मीले अभियान शुरु गरेका छौं, यसमा स्थानीय समुदायदेखि सरकारी निकायको पनि साथ चाहिन्छ ।’ हमालले माइकीङ गर्दै उपस्थित सम्पूर्णलाई बाग्मती सफा गर्न समेत आव्हान गरे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.