जनगायक टुहुरेलाई श्रदान्जली दिन पुगे नारायणकाजी देखि महरा सम्म (फोटो भिडियो)



काठमाडौँ। जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो । उनको पार्थिव शरीरमा अन्तिम श्रदान्जली दिन माओबादी केन्द्रिय कार्यालय पेरिस डाँडामा माओबादीका नेताहरु नारायणकाजि श्रेष्ठ,कृष्ण बहादुर महरा लगाएत अन्य थुप्रै पुगेका पुगेका थिए ।

१५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ ‘बसाइ हिड्नेको ताँतीले’ गीत चर्चित छ । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद समेत बनेका थिए ।


फोटो तथा भिडियो-मनिश मगर

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.