लागुऔषध केसमा रबि तेजा सहितका कलाकारलाई सोधपुछको लागि बोलाइयो



एजेन्सी। प्रवर्तन निर्देशालय(इडी)ले चार वर्ष पुरानो लागु औषध केसलाई ब्युताउँदै अभिनेत्री रकुल प्रीत सिंह, अभिनेता राणा दग्गुबाती र रवि तेजासहित टलिउडका १२ अभिनेता र निर्देशकलाई सोधपुछको लागि बोलाएको छ ।

इडीका एक अधिकारीले वित्तीय जांच एजेन्सीले रकुल प्रीत, दग्गुबाती, तेजा, पुरी जगन्नाथ, चार्ममे कौर र मुमैथ खानसहित अन्यलाई अलग अलग किसिमले सोधपुछका लागि बोलाएको पुष्टि गरे ।

एजेन्सीले जग्गनाथलाई ३१ अगष्टमा उपस्थित हुन भनेको छ । त्यस्तै रकुललाई सेप्टेम्बर ६, दग्गुबाती र तेजालाई क्रमशः ८ र ९ सेप्टेम्बरमा आफू समक्ष उपस्थित हुन भनेको छ ।

एजेन्सीले सन् २०१७ मा तेलंगानामा भएको एक उच्चस्तरको लागुऔषध मामलामा दर्ता भएको एक उजुरीमाथि अनुसन्धानको जिम्मा लिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.