पत्रकार डब्बु क्षेत्रीले राहदानी बनाउन सुरु गरे


rahadani sait
(सेलिब्रेटी नेपाल) ५ जेस्ठ-सिनेमा नबल इन्टरप्राईजेजको व्यानरमा निर्माण हुन लागेको चलचित्र राहदानीको आईतबार कमलादीस्थित गणेश मन्दिरमा शुभ साईत गरिएको छ ।लक्ष्मीप्रसाद ढकाल प्रस्तुतकर्ता रहेको फिल्मलाई चलचित्र पत्रकार डब्बु क्षेत्रीले निर्देशन गर्दैछन् । डब्बुको यो डेब्यु निर्देशन हो । नेपाली फिल्ममा नयाँ पुस्ताको बाहुल्यता बढेकाले यस पटक आफुले नयाँ पुस्तासँग काम गर्न लागेको प्रस्तुतकर्ता ढकालले जानकारी दिए । निर्देशक क्षेत्रीले नेपालीहरू विदेशीनु परेको समस्यालाई समेटेर कथा तयार पारिएको बताए । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले राहदानीको कथा सशक्त भएकाले फिल्म राम्रो बन्नेमा आशा व्यक्त गरे ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले भने,‘सञ्चारकर्मी क्षत्री बिगत दुई दशक देखि चलचित्र पत्रकारितामा सक्रिय भएको र चलचित्र निर्देशनमा समेत ग्राजुएसन गरेकाले उनले पक्कै राम्रो सिनेमा बनाउने छन् ।

७ जेठबाट महोत्तरीको बर्दीवासबाट छायाँकन सुरु हुने यो चलचित्रमा चेतन सापकोटा, बसन्त सापकोटा, जुगल डँगोलको संगीत, राजु शाहको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायाँकन रहने छ । जसमा अशोक रिजाल, दयाहाङ राई, रुपा खनाल ‘विशाखा’ बिनिता घिमिरे, मोनिका दाहाल, विधा कार्की, दिनेश दुलाल, केशब घिमिरे, लक्ष्मण बिक्रम बस्नेत, अस्मिता बस्नेतको अभिनय रहने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.