‘काँडेतार’ मा गौरव पहारी अनुबन्धित



काठमाडौँ। भारत र नेपालको सिमानामा काँडेतार लगाउन दबाब दिने उद्देश्यले निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ चलचित्र निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई नवल खड्का र शंकर कार्कीले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।

मंगलवार निर्देशक खड्काले चलचित्रका लागि मुख्य नायकमा गौरव पहारीसँग कागजी सम्झौता गरेका छन् । गत महिना चलचित्र ‘लाइफ इन एलए’ को छायांकन सकेका गौरवले राष्ट्रियताको विषयमा निर्माण हुन लागेको चलचित्रमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । चलचित्रमा उनले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्ने निर्माण टिमले बताएको छ । सीमा क्षेत्रको समस्यामा चलचित्र ‘दशगजा’ बनाएका खड्काको यो चलचित्रको विषयवस्तुले राष्ट्रलाई पनि झकझकाउने छ ।