‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हुने



काठमाडौँ। र्‍याप विश्वव्यापी रूपमा संगीतको स्थापित विधा हो। पप कल्चरसँग जोडिएको र्‍याप संगीत पश्चिमी देशमा अधिक प्रचलित छ । र्‍याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ (कथा भन्ने शैली) सँग जोडिएको छ। र्‍याप गीत हो, यसको लय पनि हुन्छ। तर परम्परागत रूपमा बुझ्ने गरिएको जस्तो स्थापित लय हुँदैन । यसमा र्‍यापर (अर्थात् कथा वाचक) ले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रास युक्त तर बोलीचालीको भाषा गाउँछन् ।

नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरूमा र्‍याप संगीतको लोकप्रिय ‘जनरा’ का रूपमा स्थापित हुँदै गएको छ। विशेष युवा पुस्तामा र्‍याप लोकप्रिय छ। यसैलाई मध्य नजर गर्दै नयाँ गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ हुने भएको छ।

नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । टिमले नेपालका केही ठुला सहरहरूमा गएर पनि अडिसन लिने जानकारी गराएका छन् l साथै कोरोनालाई मध्य नजर गर्दै सबै ठाउँमा अडिसन लिन पनि नमिल्ने भएकाले उक्त सोमा सहभागी हुन चाहाना हुनेहरूले डिजिटल अडिसनबाट पनि भाग लिन सक्ने छन् l

यस सो डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको हो l भोटिङ पार्टनरको रूपमा आ .एम. इ पे रहेको छ भने डिसहोम फाइबर नेट र आ .एम. इ रेमिट सहयोगी प्रायोजकको भूमिकामा रहेका छन् । सोमा निर्णायकको रूपमा र्यापर बालेन शाह र गिरिस् खतिवडासँग सम्झौता भएको छ भने एक जना जज सँग भने कुरा भइरहेको टिमले बताएका छन् l उक्त रियालिटी शोको विजेताले १० लाख र उपविजेता ले ५ लाख नगद प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.