हाँस्य कलाकार शम्भु थापाको निधन



काठमाडौँ। नेपाली हाँस्य शृङ्खलाहरु मेरी बास्सै, गोलमाल, हल्का रमाईलो लगायतका टेलि चलचित्रहरुमा नियमित देखिने हाँस्य कलाकार शम्भु थापाको कोरोना भाईरस (कोभिड 19) को संक्रमणका कारण निधन भएको छ। एक महिना अघि देखि उनको पाटन अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइ रहेको थियो।

आज बिहान करिब साँढे ४ बजेको समयमा उनले अन्तिम श्वास फेरेको टेलि शृङ्खला गोलमालका निर्माता तथा निर्देशक परशुराम रिजालले सेलिब्रेटी नेपाललाई जानकारी दिए। कलाकार थापाको पत्नी, छोरा र एक छोरी छन्। थुप्रै टेलीशृंखलाको साथै उनले केहि ठुलो पर्दाको चलचित्रमा समेत काम गरेका थिए। उनको आजै पशुपति आर्य घाटमा दाहसंस्कार गरिने पनि रिजालले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.