फोटोपत्रकारको पुस्तक नायक राजेश हमालले बिमोचन गरे


wild nepal
(सेलिब्रेटी नेपाल) ५ जेष्ठ-फोटोपत्रकार भरतबन्धु थापाको वाइल्ड वेष्ट नेपाल पुस्तक सार्वजनिक भएको छ। विगत आठ वर्षदेखि फोटोपत्रकारीता गर्दै आएका थापाले खिचेका २५० भन्दा बढी तस्बिर समेटेर तयार पारेको तस्बिर पुस्तक वाइल्ड वेस्ट नेपाल आइतबार राजधानीमा विमोचन गरियो । नायक राजेश हमाल, पर्यटवीदहरु अमर शाही, मिम हमाल, प्रकाशक हिमालयन म्याप हाउसका पवन शाक्य र पिजे क्लबका प्रकाश माथेमाले पत्रकार भरतबन्धु थापाको पुस्तक वाइल्ड वेस्ट नेपाल संयुक्त रुपमा विमोचन गरे।

कार्यक्रममा हमाल, शाही, माथेमा लगायत वक्ताले पुस्तक सुदूर र मध्यपश्चिम चियाउने कलात्मक आँखिझ्याल भएको टिप्पणी गरे। पुस्तकले पर्यटन विकासमा योगदान गर्ने आशा गरे। मध्यपश्चिम र सुदूरपश्चिमका साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय एवं जीवनशैलीलाई पुस्तकमा सचित्र झल्काइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.