पब्लिसिटी को नया तरिका ल्याउदै सिग्नेचर




सेलिब्रिटी नेपाल कार्तिक ४
– सिग्नेचर (हस्ताक्षर) अब तयार भयर रिलिज को लागि तयारीमा बसेको चलचित्र हो। चलचित्र को पब्लिसिटी सुरु भयको छ प्रचार को आफ्नै तरिका अपनाउदै चलचित्र का जति पनि कलाकार तथा प्राबिधिक हरुले चलचित्र राम्रो छ, पृथक छ, यस्तो चलचित्र शायदै बन्लान, एक दम गजब छ जस्ता सम्बाद हरु बोलेर प्रोमो तयार पारी सार्बजनिक गरेको छ। छिट्टै नै सार्वजनिक हुने तयारीमा रहेको यो सस्पेन्स चलचित्र लाई सागर उदगमले निर्देशन गरेका हुन् । क्रियटिभ मनकामना फिल्म्सको व्यानरमा प्रकाश सुवेदी, बामदेब भट्टराई, सागर उद्गम र रमेश बाबा नेपालले संयुक्त रूपमा निर्माण गरिएको सो फिल्म सत्य घटनामा आधारित रहेको बताईएको छ ।

बिनोद पौडेल, सरिता गिरी, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेवी डिसी, अम्रिता थपलिया तथा बालकलाकार सौरभ सिंहको अभिनय रहेको सो चलचित्रको कथा निर्देशक उद्गमले नै लेखेका हुन् । चलचित्र मा ४ जना क्यामेरा म्यान पुरूषोत्तम प्रधान, धिरज जंग शाह, शिबराम श्रेष्ठ र नवराज सुवेदीको संयुक्त छायाँकन, अच्युत सिटौलाको गीत, संगीत तथा स्वर रहेको छ भने चलचित्रको सम्पादन निसान घिमिरेले गरेका हुन् ।
promo ad of signature movie