मनोजको ‘एक’ दशैंको छेकोमा डिजिटल रिलिज हुँदै



काठमाडौं। कोभिड महामारीका कारण देशभरका सिनेमा हल बन्द छन् । हल कहिले खुल्ने भन्ने कुरा अनिश्चित छ । यो अवस्थामा पनि चलचित्र निर्माणको क्रम भने रोकिएको छैन । अब नेपाली चलचित्र क्षेत्र कता जान्छ भन्न सक्ने अवस्था छैन। बलिउडमा ओटिटि प्लेट फर्मले निर्माताहरुलाई राहत प्रदान गरेको छ। नेपालमा भने ओटिटिले निर्मातालाई राहत दिने अवस्था बनि सकेको छैन।

मनोज पण्डितको निर्देशनमा बनेको चलचित्र ‘एक’ असोज २१ गते घटस्थापनाको दिन डिजिटल रिलिज हुँदैछ । जिजिए ग्रुपले चलचित्र वितरणको जिम्मा लिएको छ ।

चलचित्र युनिटले मंगलबार मोशन पोस्टर सार्वजनिक गरेको छ । जसमा द्वन्द्व, आक्रोश, बदलाको भाव देखिन्छ । मधेशको मुद्धामा केन्द्रित चलचित्रमा विशाल पोखरेल, प्रमोद अग्रहरि,मनोज अधिकारी र ज्योत्सना योगीको मुख्य भूमिका रहेको छ ।

निर्देशक पण्डितले चलचित्र स्पाई थ्रिलर जनराको भएको बताए । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापा निर्मित चलचित्रमा दिपक बज्राचार्यको छायाँकन,भरत रेग्मीको सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.