‘आँधी तुफान २’ छायाँकन सकियो



काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ को छायाँकन सकिएको छ । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रुपमा चलचित्र निर्माण गरिएको हो । चलचित्रका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली चलचित्रका सफल स्क्रिप्ट राइटर हुन् । उनले एकसय बढी चलचित्र लेखेका छन् । चलचित्रको ३५ दिनमा छायाँकन सम्पन्न भएको अभिनेता संजय खतिवडाले जानकारी दिए। चलचित्रमा संजय खतिवडा नायकको रुपमा देखिएका छन्।

मदन घिमिरेको निर्देशनमा बनेको चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, ध्रुर्व कोईराला, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ,रबि गिरि, सुदिप आचार्य,धुर्ब,पुनम र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहेको छ । थ्रिलर र सस्पेन्स बिषयमा भरपुर नारी एक्सन समेटिएको चलचित्रको छायाँकनमा लक डाउन बाधक बन्न पुगेको थियो । केहि दिन छायाँकन गरेर लक डाउनका कारण रोकिएर फेरी अलिक सहज भए पश्चात छायाँकन गरेर चलचित्रको छायाँकन प्याक अप गरिएको हो। चलचित्रको निर्माता चक्र घर्ति हुन्। चलचित्रको गीत खिच्न बाँकी रहेको छ।

चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । फिल्मका निर्माण नियन्त्रक नारयण चालिसे रहेका छन् । अब सिनेमा हल खुलेर अवस्था सहज भए पश्चात चलचित्र प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.