छायांकार तथा निर्माता भीम रानाको निधन



काठमाडौं। वरिष्ठ छायांकार तथा निर्माता भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । ६० वर्षिय भीमको मंगलबार बिहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो । राना उमेरले ६० को आसपास थिए । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । उनका दुवै सन्तान अमेरिकामा बस्दै आएका छन् ।

उनको निधन भएको खबर कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले चलचित्र ‘माइली’ निर्माण गरेका थिए । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका रानाले आफ्नो करियरमा थुप्रै सफल चलचित्र खिचेका छन् । ‘सम्झना, वरमाला, राज्य, निशाना, लाल सलाम, लभ कुश’ लगायत चलचित्र खिचेका रानाको भोलि पशुपति आर्य घाटमा अन्तिम संस्कार गरिने छ। उनका छोरा बुधवार नेपाल आउँदैछन् । सोही बिहान ९ बजे रानाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष खड्काले बताए ।