कंगना पहिरनको कारण ट्रोल



काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतको तस्वीरको चर्को आलोचना भएको छ । फिल्म ‘धाकड’ को सुटिङ पूरा भएपछि भएको पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो । उनले तस्वीरमा निकै पारदर्शी कपडा लगाएकी छिन् जसका कारण उनले ट्रोलका सामना गर्नुपरेको छ ।

कंगनाले प्रायः अरुलाई पहिरनका बारेमा सुझाव सल्लाह दिइरहने गरेकोमा उनी आफैंले यस्तो पहिरन लगाएको भन्दै आलोचना भएको हो । सामाजिक संजालमा आलोचकहरुले विदेश जानासाथ कंगनाले संस्कृति बिर्सिएको आरोप लगाएका छन् । आलोचकहरुले कंगनाबाट आफूहरुले यस्तो अपेक्षा नगरेको बताएका छन् । कंगनाको आगामी फिल्म धाकडमा उनी एजेन्ट अग्नीको भूमिकामा देखिनेछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.