पाँचौ ‘काठमाण्डौ सर्ट फिल्म फेस्टा २०२१’ सम्पन्न



काठमाडौँ। पाँचौ ‘काठमाण्डौ सर्ट फिल्म फेस्टा २०२१’ सम्पन्न भएको छ । छायाँछबि क्रियशनको आयोजनामा नियमित हुँदै आइरहेको ‘काठमाण्डौ सर्ट फिल्म फेस्टा’ कोरोना महामारीका कारण केहि पछि आयेजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको आयोजक संस्थाले जनाएको छ ।

आयोजित समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि थिए । प्रमुख अतिथिको रुपमा कार्यक्रममा बोल्दै दाहालले चलचित्र उद्योगको वर्तमान अवस्था र चलचित्रको बिकासमा अब के गर्नु पर्छ भन्ने विषयमा बताए। यस्तै समारोहमा चलचित्र लेखक निर्देशक एवं नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, अभिनेता धिरेन शाक्य एवं अवार्ड जुरी संयोजक ऋषि लामिछाने विशिष्ट अतिथिका रुपमा थिए ।

समारोहमा आयोजक संस्था छायाँछबि क्रियशनका अध्यक्ष शान्तिप्रियले स्वागत मन्तब्य दिंदै फेस्टा तथा फिल्मीखबर सबिन स्मृति रंग पत्रकारिता पुरस्कारका बारेमा प्रस्ट्याएका थिए । पाँचौ पटक आयोजना गरिएको सर्ट फिल्म फेस्टा विगत देखि हरेक दुइ\दुई वर्षमा आयोजना हुँदै आएकोमा आगामी दिनमा हरेक वर्ष प्रदान गरिने पनि जानकारी गराए । समारोहमा प्रविशा प्रकाशन प्रा.लिका अध्यक्ष चलचित्रकर्मी एवम् राप्रपाका नेता प्रदिप कुमार उदय पनि उपस्थित थिए ।

पाँचौं काठमाडौं सर्ट फिल्म फेष्टामा सहभागी सर्ट फिल्म तथा डकुमेन्ट्री मध्य अवार्डेड चलचित्रकर्मीलाई सो समारोहमा अवार्ड प्रदान गरिएको थियो । नवराज बु्ढाथोकी निर्देशित हाउस हजवेण्डले इन्करेजमेण्ट अवार्ड, लक्ष्मण सुबेदी निर्देशित मेहन्दीको रङ्गलाई बेष्ट कन्सेप्ट स्कृप्टको अवार्ड दिपेन्द्र लामा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड, सरोज खनाल निर्देशित बिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड, कल्याण अधिकारीलाई सर्ट फिल्म निर्देशकको अवार्ड, पुरन जोशी निर्देशित मह्ः पुजालाई उत्कृष्ट डकुमेण्ट्री एवम् अभिनव श्रेष्ठ निर्देशित स्वीट सिक्सटिनलाई उत्कृष्ट सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो ।

यसै समारोहमा बरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवम् फिल्मी पत्रिका फिल्मीखबरको नाममा स्थापना गरिएको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार समेत प्रदान गरियो । १० हजार १० रुपैयाँ सहितको यो पुरस्कारमा विगत डेढ दशक देखि रंग पत्रकारितामा संलग्न रही समग्र चलचित्र, संगीत एवम् यस क्षेत्रको विकास योगदान पुर्याए वापत सुमन बैरागीलाई प्रदान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.