द भ्वाइसका विजेता किरण सहित ५ श्रष्ठा सम्मानित



काठमाडौँ । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता किरण गजमेर ‘राष्ट्रिय प्रतिभा सम्मान २०७८’ बाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच डा. खगेन्द्र स्पोटर््स फाउन्डेशनले गजमेरलाई उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रममा गायिका टीका लामिछाने, गीतकार तथा संगीतकार खेम रिजाल र समाजसेवी रुन्द्र बाँनियाले समेत उक्त सम्मान प्राप्त गरे । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनका अध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठले सम्मानित सबैलाई खादा, फुलमाला र सम्मान पत्र प्रदान गरेका थिए ।

सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गरिएको थियो । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा. श्रेष्ठले बिभिन्न क्षेत्रमा रहेर राष्ट्रका लागि योगदान दिने ब्यक्तिलाई सम्मान गर्न पाउदा गर्व महसुस भएको बताए । उनले सम्मानित सबै ब्यक्तिको आगामि दिनको यात्राका लागि समेत शुभकामना दिए ।

बरिष्ठ गीतकार तथा धावक बुद्धवीर लामाले सम्मानित ब्यक्तिहरुको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनका महासचिव रजत श्रेष्ठ, भुटानिज अमेरिकन म्युजिक एसोसिएसन (बामा)का अध्यक्ष तथा गीतकार संगीतकार खेम रिजाल, देउडा सम्राट नन्दकृष्ण जोशी, अन्तराष्ट्रिय मेटान धावक पुष्पलाल श्रेष्ठ, संगीतिक संघ नेपालका अध्यक्ष मिलन मोक्तान, संगीतकार संघ नेपालका अध्यक्ष तथा संगीतकार पारस मुकारुङ, प्राज्ञ तथा बरिष्ठ संगीतकार शान्तिराम राई, गीतकार संघका पुर्व अध्यक्ष तथा गीतकार चुडामणि देवकोटा, बरिष्ठ संगीतकार राजु सिंह, गणेश गुरुङ, गायक नारायण लामा, गायिका सत्यकला राई, गायिका पार्वती गुरुङ, गायिका आभा मुकारुङ गायक रमेश बोखिम राई , शिक्षिका प्राथना खनाल, जसु लामा, बिभुषा लामा लगायतको उपस्थिती रहेको थियो । गीतसंगीत क्षेत्रका थुप्रै ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनले विगत लामो समयदेखि बिभिन्न प्रेरणदायी कार्यहरु गर्दै आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.