‘कुइनेटो’ टिजर सिर्जुको रोमान्टिक अवतार (भिडियो)



काठमाडौं। सुदुरपश्चिममा छायांकन गरिएको चलचित्र ‘कुइनेटो’को टिजर सार्वजनिक गरिएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा माधवराज खरेलको लेखन र निर्देशन छ । कमला जोशी निर्माता रहेको चलचित्रको टिजरमा माया, प्रेम, समर्पण,सद्भाव र आक्रोशसँगै ग्ल्यामरलाई देखाइएको छ ।

चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसी आदि कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन छ ।