बन्ने भो ‘डन २’ राजेशले गाए रोमान्टिक गीत



काठमाडौँ। कोरोना महामारीका कारण झन्डै डेढ बर्ष देखि नेपाली चलचित्र क्षेत्र ठप्प बनेको छ। महिनामा ८ देखि १० वटा चलचित्रहरु प्रदर्शनमा आउने नेपाली चलचित्र बजार ठप्प हुँदा करोडौंको नोक्सान हुनुका साथै थुप्रै चलचित्रकर्मी बेरोजगार बन्न पुगेका छन्। अब बिस्तारै चलचित्र क्षेत्रलाई चलायमान बनाउनु पर्छ भन्दै केहि निर्माता तथा निर्देशक चलचित्र निर्माणको तयारीमा लागेका छन्। निर्माता तथा निर्देशक दिनेश पाख्रिनको २०६३ सालमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’निर्माण हुने भएको छ। दिनेश पाख्रिनको निर्देशनमा बन्न लागेको चलचित्रमा समावेश हुने गीतमा गायक राजेश पायल राईले आवाज दिएका छन्।

विकास चौधरीको संगीतमा बनेको गीतमा पुतलीसडक अवस्थित मिरा साउण्ड रेकर्डिङ्ग स्टुडियोमा राइले स्वर भरेका हुन्। ‘बग्यो त्रिशुली’ बोलको रोमान्टिक गीतमा शब्द हरी उप्रेतीको रहेको छ। दिनेश थापा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता निर्मल लामा,बिक्रम तामाङ र हेलेन पाख्रिन रहेका छन्। दिनेश पाख्रिनकै कथा रहने चलचित्रको कलाकार फाईनल भई सकेको तर सम्झौता हुन बाँकी रहेकोले अहिले सार्वजनिक गर्न नमिल्ने पाख्रिनले बताए । गोपालकाजी कायस्स्थले वितरणको जिम्मा लिएको चलचित्र दशैं पछि फ्लोरमा जाने छ। एक्सन जनरामा निर्माण हुने चलचित्रको सम्पूर्ण टिम र कलाकारको बारेमा छिट्टै जानकारी गराउने निर्माता निर्मलले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.