हास्य कलाकार शम्भु थापालाई गोलमाल टिमको आर्थिक सहयोग



काठमाडौँ। नेपाली कमेडी शृङ्खलाहरु मेरी बास्सै, गोलमाल, हल्का रमाईलो लगायतका टेलि चलचित्रहरुमा नियमित देखिने हास्य कलाकार शम्भु थापा हाल कोरोना भाईरस (कोभिड 19) को संक्रमणका कारण जीवन र मृत्युको दोसाँधमा हाल पाटन अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचाररत छन् ।

कलाकारितामा चलेको नाम भए पनि आर्थिक अवस्था कमजोर रहेका कारण भेन्टिलेटरको महङ्गो उपचारका लागि उनको परिवार हाल उनको जीवन बचाउनका लागि संघर्ष गरि रहेको छ। जीवन र मृत्यु संग जुधिरहेको एउटा कलाकार आर्थिक अभावका कारण गुम्नु हुदैन भन्ने उद्धेश्यका साथ हास्य टेलि शृङ्खला गोलमालका निर्माता, निर्देशक, प्राबिधिक तथा सम्पुर्ण कलाकारहरुको तर्फबाट एकमुस्ट रकम रु. ७०,०००/- तथा प्र्यांकस्टार एलिश राईको ब्यक्तिगत तर्फबाट रु. ३०,०००/- गरि जम्मा रु. १,००,०००/- (एक लाख) नगद थापाको परिवारलाई हस्तान्तरण गरेको छ।

कलाकार थापाकी पत्नी र छोरा अनि छोरी पनि कोरोनाबाट संक्रमित भै घरमै होम आईसोलेसनमा रहेका छन। परिवारमा कमाउने मुख्य सदस्य नै यसरी कोरोनाले पिडित रहेका कारण थापा परिवार थप चिन्तित छ। भेन्टिलेटरको उपचार प्रकृयालाई केही राहत पुर्याउनलाई अन्य सहयोगी मन तथा कलाकारहरुलाई पनि सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.