गरिमा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२१



काठमाडौँ। न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । यस्तै फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । मिस नेपाल नर्थ अमेरिका-२०२१ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

ग्रान्ड फिनालेमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए । बिजेता गरिमाले केही गीतमा स्वर भर्ने संगै मोडलिङ्ग समेत गरेकी छिन्।