चलचित्र कर्मीले लगाए कोरोनाविरुद्धको खोप



काठमाडौं । नेपाल चलचित्र कलाकार संघको संयोजनमा चलचित्रकर्मीले कोरोना बिरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप आइतबार चलचित्रकर्मीले लगाएका हुन् । चलचित्रकर्मीका लागि पाटन ढोकास्थित पुरानो अशोक चलचित्र घर परिसरमा खोप कार्यक्रम राखिएको थियो ।

बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो । कलाकार संघका अनुसार करिव १७ सय जना चलचित्रकर्मीले खोप लगाएका छन् । सरकारले चलचित्रकर्मीलाई दोस्रो मात्राको भेरोसेल खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको संघका अध्यक्ष रबिन्द्र खड्काले बताए । कोरोनाविरुद्धको खोप लगाएपछि चलचित्र क्षेत्र पुरानो लयमा फर्किनेमा कलाकार संघले बिश्वास लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.