अनमोल नयाँ चलचित्र ‘एक्स ९’ मा अनुबन्धित



काठमाडौँ । अभिनेता अनमोल केसी चलचित्र ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । निर्माण युनिटले शनिबार चलचित्रको मुख्य भूमिकाको लागि अनमोललाई साइन गराएको छ । महंगो पारिश्रमिकमा अनमोल​लाई चलचित्रमा लागि अनुबन्धित गरिएको निर्देशक मुकुन्द भट्टले बताए ।

चलचित्रका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा रहेको थियो । निषेधाज्ञा अघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता हुन बाँकी थियो । आउँदो जनवरीबाट छायाँकन गर्ने गरि सम्झौता भएको हो ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । अनमोलको अलवा सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवालको पनि अभिनय रहने चलचित्र नेपालसँगै यूरोप, अबुधाबी र क्यानडामा खिचिनेछ ।

अनमोल यस अगाडि चलचित्र ‘पारस’, ‘एन्टी हिरो’ र ‘माइतीघर २’ समेत अभिनय गर्ने भनिएको थियो । तर अहिलेसम्म कुनै पनि प्रोजेक्ट सुरु हुन सकेको छैन ।