कमेडी तथा सस्पेन्स थ्रिलर ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक



काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक गरिएको छ। मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित चलचित्र ‘लव सर्कल’को निर्माण गरिएको निर्देशक निरौलाले बताए।

सार्वजनिक ट्रेलरमा कमेडी दृश्यले बढी स्थान पाएको छ। चलचित्रमा नाजिर हुसेन,मुकुन भुषाल,पवित्रा आचार्य,रबिन्द्र झा,रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ। कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै चलचित्र मार्फत डेब्यु गर्दैछन्।

चलचित्र ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत,श्रीधर पौडेलको पोस्टर फोटोग्राफी,मुख्य सहायक निर्देशक बिनय पौडेल,लेखन अभिमन्यु निरवी,कलर राजेन्द्र मोक्तान,छायाँकन दिब्य सुबेदी,कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ। आगामी २९ गते बाट चलचित्र डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने छ। यस संगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए। ट्रेलर ओएसआर डिजीटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.