कलाकारितामा सम्भावना बोकेका भानु संघर्ष गर्दै



सेलेब्रिटी नेपाल कार्तिक ३ –
नेपाली ठिटो जो नेपाली कला लाई धेरै माया गर्छ उ जहाँ रहे पनि कला लाई सधै अंगाली रहन्छ। आज भन्दा २५ बर्ष पहिले मोरंग मा जन्मियको नौ जवान बिगत ५ बर्ष देखि खाडी को कतार मा आफ्नै बाध्यताले मरुभुमीको त्यो तातो रापमा काम गरिरहेको छ र पनि कला लाई बिर्सन सकेको छैन त्यो नाम हो भानु शर्मा डम्बर नेपाली को गीत मा पहिलो पटक अभिनय गरेर यो क्षेत्रमा पाइला टेकेका शर्मा अहिले कतार मा काम को सिलसिला मा बसी रहेका छन् सानै उमेर देखी नाच्न र अभिनय गर्न रुचाउने भानुले नेपालमा छदा सिम्पल देखी हट नायिकाहरु सगँ पनि १ दर्जन भन्दा बढी भिडीयो , आफैले लेखेर आधा दर्जन जति सडक नाटक अभिनय, टेली सिरियल- हिजो आजका कुरा,समयको भेल,चलेको चलन लगायत आधा दर्जन, धेरै स्टेज कार्यक्रम हरुमा आफ्नो कला देखाउदै अगाडी बढेका भानु शर्मा अब चाडै ठुलो पर्दाको चलचित्र क्रिमिनल मा अभिनय गर्दै छन्। शर्माको सपना छ एक दिन मिडिया क्षेत्र बाट आफ्नो छुट्टै पहिचान बनाउने।आफ्नै गीत रचना मा नया एल्बम निकाल्ने तयारी गरिरहेका छन्। यो भन्दा पहिले पनि उनले एउटा गीति संग्रह निकाली सकेका हुन् । नेपाल टेलिभिजन बाट २०६० साल प्रसारित डान्स कम्पिटिसन कार्यक्रम आगन मा प्रथम हुन सफल एक राम्रो डानसर पनि हुन् शर्मा सुनिल पोख्रेल र बिरेन्द्र हमाल बाट अभिनय सिकेका भानु अभिनय र नृत्य मा राम्रो ज्ञान हासिल गरेर मात्रै अगाडी बढ्न सकिन्छ भन्ने सोच साथ भबिस्यमा केहि गर्ने अठोट सहित लागि परेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.