सुष्मा कार्की संग रोमान्स गर्ने पालो जीवनको


jiwan-raju-madhu cbn
(सेलिब्रेटी नेपाल)-३ ज्येस्ठ-सुष्मा कार्की संग अब जीवन लुइटेलले रोमान्स गर्ने भयका छन्। राजु गिरिको निर्देशनमा बनेको गत बर्षको हिट चलचित्र बिन्दासको सिक्वेल बिन्दास २ मा सुष्माको जोडी भएर अभिनय गर्ने भयका छन् । जीवनले सुष्मा संग मस्ती गरेको ५ लाख रुपैंया लियको निर्माण पक्षले जनायको छ। लुट र चपली हाईट हिट भए पछि थुप्रै सेक्स कन्टेन्टका चलचित्र बने ति मध्येको सफल चलचित्र हो बिन्दास।

मधुकुमार कुमार श्रेष्ठको निर्माण रहने बिन्दास २ मा बिन्दास मा जस्तो सेक्स तथा भल्गर दृश्य हरु नरहने निर्देशक गिरीले बताएका छन्। बिन्दास २ मा लागु औषधको बिषय लाई मुख्य बनाईयको छ। चलचित्रमा नायिका सुष्मा पहिले नै अनुबन्धित भई सकेकी छिन् यी दुइ बाहेक चलचित्रमा क कसको अभिनय रहने भन्ने निर्माण पक्षले खुलायको छैन। चलचित्रको सुटिंग यहि ज्येस्ठ १० गते बाट सुरु हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.