१ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज



काठमाडौ। अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिस्पर्धीले ३ मिनेटको हांस्यव्यंग्य एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ । प्रतिस्पर्धामा सहभागी हुने मध्येबाट उत्कृष्ट ३० छनौट गरिनेछ र उत्कृष्ट ३० ले निर्णायकले तोकेको विषयमा ५ मिनेटको एकल प्रस्तुती पुनः पठाउनु पर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणी दवाडीले जानकारी दिए ।

यस गाईजात्रा कमेडी च्यालेन्जको पहिलो चरण निर्णायकहरुमा चलचित्र निर्देशक उदय सुव्वा, डकुमेन्ट्री एवं म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरे, चलचित्र निर्देशक सुमन दाहाल रहेका छन् भने दोश्रो अर्थात् फाइनल चरणको निर्णायकहरूमा हास्यव्यंग्यकार चट्याङ मास्टर, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे, हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने रहेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.