सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते



काठमाडौँ । अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म सुटिङको क्रममा भारतको लखनउमा उनको दुर्घटना भएको हो। भोजपुरी फिल्म ‘आक्रोश’ मा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

खुट्टा भित्रको भागमा रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए । सन्दीप सिंहले निर्देशन गरिरहेको फिल्ममा विराज संगै प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.