आफ्ना लागि आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह



काठमाडौँ। हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । अभिनेत्री डंगोलले आफ्नो दुबै किड्नी खराब भएपछि डाइलासिस गराई रहेकी छिन् ।

पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेको बताएकी छिन् । आफुले सहयोगको लागि नभनेको तर केहि व्यक्तिहरुले सहयोग उठाएको उनले गुनासो व्यक्त गरिन्। विकास बोर्ड अध्यक्ष दयाराम दाहाल सोमबार पल्पसालाई भेट्न अस्पताल पुगेका थिए।

विगत ५ बर्षदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.