किड्नीमा गम्भिर समस्या देखिएपछि अस्पतालमा पल्पसा डंगोल



काठमाडौं। सानो पर्दाकी लोकप्रिय अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को किड्नीमा गम्भिर समस्या आएको छ । दुबै किड्नीमा समस्या देखिएपछि उनी पछिल्लो तीन सातादेखि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् । अभिनेत्री डंगोलले आफ्नो दुबै किड्नी खराब भएपछि तेस्रो पटक डाइलासिस गरिएको जानकारी गराइन् ।

‘म झण्डै १५ वर्षदेखि किड्नीको समस्याबाट पीडित थिएँ, तर कसैलाई भनेकी थिइन, आफ्नै रोगसंग आफैं लड्दै आएकी थिएँ, डंगोलले सुनाइन्–‘तर तीन साताअघि फोक्सोमा समस्या भएर सास फेर्नै गाह्रो भएपछि अस्पताल भर्ना भएँ । अस्पतालमा भर्ना भएपछि दुबै मृगौलाले काम गर्न छाडेको पत्ता लाग्यो । यो अवधिमा तीन पटक डाइलासीस गरिएको छ । अब मृगौला प्रत्यारोपण नै अन्तिम उपाय हो ।’

यसैबीच, आफ्नो स्वास्थ्य अवस्थाका बारेमा कसैलाई कुनै पनि जानकारी नदिइरहेकी अभिनेत्री डंगोलले शनिवार भने निकै गाह्रो भएपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराइन् ।

अभिनेत्री निरौलाले टिचिङ अस्पताल पुगेर उनको अवस्थाका बारेमा जानकारी लिँदै सामाजिक सञ्जालमा समेत उनको अवस्थाका बारेमा अपडेट गराएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.