सुन्दर नायिकाहरुको सुचिमा पर्ने माधुरी ४६ बर्ष पुग्दा पनि उस्तै सुन्दरी


madhuri-dixit-latest

बलिउड अभिनेत्री माधुरी दीक्षित आज ४६ वर्षकी भएकी छिन् । माधुरीको जन्म सन् १९६७ को मे १५ तारिखका दिन मुम्बईमा भएको थियो ।बलिउडकै सबैभन्दा सुन्दर नायिकाहरुको सुचिमा पर्ने माधुरी हिन्दी फिल्मका नायिकाहरुका लागि आर्दश अभिनेत्री समेत हुन् ।आफ्नो उत्कृष्ट नृत्य र स्वभाविक अभिनयका कारण माधुरी बलिउडकै चर्चित अभिनेत्रीहरु मध्येकी एक हुन् । माधुरीले राम लखन, परिन्दा, साजन, खलनायक, दिल, बेटा, हम आपके हे कौन, दिल तो पागल है, लज्जा, पुकार, देवदास जस्ता उत्कृष्ट सिनेमामा काम गरेकी छिन् ।

करिब डेढ दशक बलिउडमा ‘राज’ गरेकी माधुरीले सन् १९८४ मा रिलिज भएको फिल्म ‘अबोध’बाट करियरको सुरुवात गरेकी थिइन् । तथापीको उनले बलिउडमा सन् १९८८ मा रिलिज भएको फिल्म ‘तेजाब’बाट सफलता हात पारिन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.