‘काँटा लगा’ गर्ल शेफालीको विकिनी मोह



एजेन्सी। लकडाउनको समयमा अभिनेत्री तथा मोडल शेफाली जरीवालाका बोल्ड तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ‘काँटा लगा’ गर्लका रुपमा परिचित शेफालीले ‘बिग बोस’मा आएर थप चर्चा बटुलेकी थिइन् ।

यिनै शेफाली आफ्ना फ्यानका लागि इन्टरनेटमा बोल्ड र ग्ल्यामर तस्वीरहरु शेयर गरिरहन्छिन् । शेफाली समुन्द्री किनारमा फोटोसेसन गर्न रुचाउछिन् । समुन्द्र किनारमा तस्वीर खिच्नकै लागि उनले विभिन्न रंगका विकिनी कलेक्सन गरेकी छन् ।

उनले हालै एक तस्वीर सामाजिक सञ्जालमा राखिन् । जहाँ उनी रातो विकिनीमा स्वीमिङ पुलमा देखिएकी छन् । स्लीक हेयरडू र परफेक्ट न्यूड मेकअपका साथ शेफली निकै बोल्ड देखिएकी छन् ।

हरेक युवतीसँग एक क्लासिक ब्ल्याक विकिनी हुनुपर्छ भन्नेकुरामा शेफाली जानकार छिन् । उनले एक लेस वर्कवाला कालो विकिनी लगाएकी थिइन् । जहाँ उनी सनग्लासमा देखिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.