अन्जु र मनाेजराजकाे ‘तिमी आयौ जिन्दगीमा’ (भिडियो)



काठमाडौँ। गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराजको स्वरमा “तिमी आयौ जिन्दगीमा”बोलको गजल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत सुन्न सकिन्छ।

तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायाँकन गरी सार्वजनिक गरिएको हो । सुव्रतराज आचार्यले निर्देशन रहेको म्युजिक भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्कीले अभिनय गरेका छन् ।

गीत सार्वजनिकसँगै निर्देशक आचार्यले यो ‘गजल’ मात्र नभएर यसले हरेकको जीवनमा एउटा महत्वपूर्ण अर्थ पनि राख्ने बताएका छन्। ‘यस भिडियोमा निर्देशन मात्रै नभएर केही मीठा पलहरू तपाईंहरूमाझ बाँड्ने कोशिश गरेका छौं,’ उनले भनेका छन्।

थिएटर आर्टिष्टसमेत रहेकी प्रमिला कार्कीले भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छिन्। सुरेश वाग्लेका प्रेमिल शब्द तथा चर्चित गायिका अन्जु पन्त र मनोजराज शिवाकोटीको आवाजलाई दर्शकमाझ जीवन्तता दिन पाउनु खुसीको विषय भएको कार्कीको भनाइ छ ।

यता, गीतकार सुरेश वाग्लेले लामो समयदेखिको एउटा प्रोजेक्ट दर्शकसम्म ल्याउन पाउँदा हर्षित भएको बताएका छन्। त्यसमा पनि प्रेमिल शब्दमा प्रेमिल नव दम्पतीको अभिनयले दर्शकको मन जित्नेमा आशावादी रहेको वाग्लेको भनाइ छ। उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो नेपाली वेवसाइटको अफिसियल युट्युबमा हेर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.