भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई



काठमाडौं । गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को कोचमा राजेशपायल राईले कार्यभार सम्हालेका छन् । अर्का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट कोच चुनिएका हुन् ।

कोरोनाभाइरस संक्रमण निको भएर घरमै स्वास्थ्य लाभ गरिरहेका दीप श्रेष्ठले केही समय आराम गर्नुपर्ने भएकाले राईलाई कोचमा लिइएको ‘भ्वाइस अफ नेपाल’ले जनाएको छ ।

भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् । कोचको कुर्सी गह्रौं हुने भएकाले नडराइकन निर्णय पनि उनले भनेका छन् ।