सांगीतिक यात्रामा हिड्दै धिरेन्द्र


dhrendra-thapa

(सेलेब्रिटी नेपाल) १ जेठ-पछिल्लो समय संगीतको बजार सुन्य जस्तै भयको छ। गीत संगीत किनेर सुन्ने श्रोता घटेका छन् तर पनि एल्बम निकाल्ने क्रम दिन प्रतिदिन बढेकै छ। एल्बम निकाल्ने मध्यकै एक हुन् धिरेन्द्र थापा। एल्बम “बाटो” मार्फत धिरेन्द्र सांगीतिक क्षेत्रमा देखिएका हुन्।

पेशाले इन्जीनियर धिरेन्द्र, गायनमा त्यसै हात बढाएका होइनन। सानैदेखिको गायनमा लाग्ने स्वख थियो। त्यो अहिले आएर पुरा गर्दैछु थापाले भने, यो पहिलो एल्बम भए पनि अन्तीम हुन म दिने छैन। गायनमा भर्खर प्रबेस गरे पनि यसलाई निरन्तरता दिने सोचमा आफु रहेको उनले सुनाए।

एल्बम बाटोमा पप शैलीका छ वटा गीत समावेस छन्। जसले माया प्रेम, जिवन दर्शन, देशभक्ती लगायतका भाव दर्शाएका छन्। यी गीतमध्य पाच गीत उनि आफैले लेखेका हुन् भने एक गीत बाहिरबाट लिएका छन्। सबै गीतमा संगीत उनि आफैले दिएका छन्।

बाटो एल्बम गायक थापाको पहिलो गायन यात्रा भने होइन। यस भन्दा अघि उनले कुनै यल्बम बजारमा ननिकाले पनि स्कुल, क्याम्पसक साथै अन्य थुप्रै सांगीतिक कन्सर्टहरुमा गित गाई सकेका छन्। आफ्नो एल्बम निकाल्न निकै कठीन परेको बताउने थापाले त्यो भन्दा बढी कठीन म्युजिक कम्पनीको संलग्घनतामा एल्बम बजारमा ल्याउन रहेको अनुभब सुनाए । बिगत छ महिना अगाडी देखि गायनलाई निरन्तरता दिन स्पेसल संगीतको प्रशिक्षणमा समेत रहेका थापा आफ्नो पेशा र गायनलाई संगसंगै लाने सोचाइमा छन्।थापाले एल्बमा समाबेस एउटा गीतको भिडीयो समेत निर्माण गरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस>>>>>>>>>>>>>>

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.