यूवा संघले लघु चलचित्र प्रतियोगिता गर्दै



काठमाडौँ। राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।

यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जन लगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको लघु चलचित्र बनाउनुपर्नेछ ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विज्ञप्तीमा यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुट र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको भन्दै नेपाली जोकोहीले पनि सहभागीता जनाउने सक्ने उल्लेख छ ।

असार २५ गतेसम्म ‘म केही गर्छु’ बिषयमा केन्द्रित रहेर स्क्रिप्ट वुझाउनुपर्नेछ । स्क्रिप्टलाई विज्ञ समुहले सुझाव दिनेछ । यसपछि बनेका चलचित्रमध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मुख्यआयोजक रहेको यो प्रतियोगिताको नेपालफिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । आवेदनतथाप्रतियोगिता सम्बन्धी विस्तृत जानकारी ९८६०००६२२७ मा फोन गरेर पनि लिन सकिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.