बैसाखमा ११ वटा चलचित्र सबैलाई लगानी उठाउन धौ धौ


hamesha 1
(सेलेब्रिटी नेपाल) १ जेठ-७० सालको पहिलो महिना बैसाखमा जम्मा ११ वटा नेपाली चलचित्र प्रदर्शनमा आए। हमेशा र नोटबुक चैत्र ३० गते रिलिज भए पनि मुख्य व्यापार बैसाखमा भयकोले यहि बर्षको गन्तीमा राख्नु पर्ने भयको हो। बधशाला र मन्जरीले प्रचारको लागि सेन्सर बाट पिडित भइयो भनेर जति कराए पनि दर्शकको साथ पाउन सकेनन। नोटबुक युनिटले सक्सेस पार्टी आयोजना गरेर अर्को चलचित्र निर्माणको घोषणा गरे पनि उत्साह जनक व्यापार गर्न सकेन। हमेशाले जति नै राम्रो व्यापार गर्यो भने पनि बल्ल बल्ल लगानी सुरक्षित सम्म गर्न सकेको छ। जीवन लुइँटेल अभिनित चलचित्र मेरो मनको साथीले पनि दर्शकलाई साथी बनाउन सकेन। सफल निर्देशक मनियका दिपक श्रेष्ठको हिम्मत २ ले पनि बिराज भट्टको कुनै हिम्मत कायम गर्न सकेन। पारिजातको सफल कृतिमा आधारित चलचित्र सिरिषको फूलले पनि दर्शकको माया पाउन सकेन। पहिलो माया हो मेरो,रिङ्ग रोड,ब्ल्याक नाईट हलमा आयको दर्शकले चाल नै पाउन सकेनन। साँघुरोले समिक्षक हरु बाट राम्रो तारिफ पायो। धेरै पछि समिक्षकले राम्रो चलचित्र बनेको भनेर तारिफ समेत गरे। तारिफ तारिफले मात्र भएन हलमा गएर टिकेट काटेर चलचित्र हेर्ने दर्शक चाहियो।
note-book first
यो बर्षको पहिलो महिनाको अवस्था हेर्दा यो वर्ष पनि सय भन्दा बढी चलचित्र हरु प्रदर्शन हुनेछन र दस प्रतिसतले मात्र आफ्नो लगानी सुरक्षित गर्न सक्छन। निर्माता संघको यहि महिना सम्पन्न निर्वाचन बाट चुनियको नयाँ कार्यसमितिले चलचित्र निर्माण तथा प्रदर्शन लाई ब्यबस्थित गर्ने योजना अघि सारेको छ। ति योजना कति सफल हुने हुन् र नेपाली चलचित्र उद्योग कता जाने हो भोलिको दिनमा थाहा हुनेछ। जे होस् नेपाली चलचित्र उद्योग राम्रो होस् र अर्को महिनाको रिपोर्ट लेख्दा रिलिज भयका चलचित्रले राम्रो व्यापार गरे दर्शकको मन जिते लेख्न पाइयोस…………