विन्दु लसएन्जलसमा नाच्नमै मस्त


bindu tamang
(सेलेब्रिटी नेपाल) १ जेठ-अमेरिकाको लसएन्जलसमा बस्ते विन्दु तामाङ नृत्य विधामा आफू नेपालमा भन्दा अमेरिकामा बढी व्यस्त हुन थालेको बताउँछिन् । उनी नेपालीसँगै अमेरिकी, जापानी, युरोपियन, मेक्सिकन, भारतीय र पाकिस्तानीहरूलाई नेपाली नृत्य सिकाइरहेकी छन् ।
अमेरिकाका विभिन्न राज्यमा नेपालीहरूले आयोजना गर्ने सांस्कृतिक जमघटहरूमा पनि खोजिन थालिएकी छन्,विन्दु। नेपालमा १० वर्षदेखि नृत्यकर्ममा रहेकी उनीसँग थुप्रै चलचित्र, म्युजिक भिडियो र स्टेज कार्यक्रमहरूको अनुभव छ ।
नेपालमा रहँदै विभिन्न सांस्कृतिक टोलीका साथ जर्मनी, फ्रान्स, अष्ट्रिया, भारत र जापान भ्रमण गरेकी विन्दु भन्छिन्, ‘अमेरिकामा पनि नेपाली कलाकारकै रूपमा सक्रिय हुन पाउँदा सन्तुष्ट छु ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.