सीता माता बन्न करीना कपूरले मागिन् १९ करोड



एजेन्सी। धर्मग्रन्थ रामायणमा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा सीता माताको रूपमा अभिनय गर्न बलिउड अभिनेत्री करीना कपूरले १९ करोड रुपैयाँ पारिश्रमिक मागेकी छन् । चलचित्रमा करीना सीता माताको भूमिकामा देखिने भएकी छन् । अलौकिक देसाईको चलचित्रमा रामायणलाई सीताको नजरबाट हेरिनेछ ।

सीताको भूमिकाका लागि करीना चलचित्र निर्माताको पहिलो रोजाइमा परेकी छन् । करीनालाई सीताको भूमिकाका लागि १२ करोडसम्म पारिश्रमिक निर्धारण गरिएको भएपनि उनले १९ करोड माग गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र निर्माणमा करीनाले ८ – १० महिनासम्म समय दिनुपर्नेछ । हाल करीनासँग २ चलचित्र रहेका छन् । यी दुवै चलचित्रको काम सकेपछि करीना सीताको भूमिकामा सक्रिय हुने जनाइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.