अदालतद्वारा सञ्जय दत्तलाई आत्मसमर्पणका लागि थप समय दिन अस्वीकार


sanjay dutt cbn

बलिउड अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पणका लागि केही समय माग्दै दायर निवेदन भारतीय सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सञ्जय दत्तले अभिनय गरिरहेका २ वटा चलचित्रको काम पुरा नभएका कारण उनलाई केही दिनको समय दिन निर्माताहरुले अदालतमा निवेदन दिएका थिए ।
सन् १९९३ मा भएको मुम्बई आक्रमणमा प्रयोग भएका हतियार राखेकोमा दोषी ठहर भइसकेका दत्तलाई अदालतले अप्रिल १८ तारिख भित्रमा आत्मसमर्पण गर्न समय दिइएकोमा पछि फेरी एक महिनाको समय थप गरेको थियो ।

तर अदालतले फेरी समय थप्न अस्वीकार गरेपछि सञ्जय दत्तले अब मे १६ तारिख भित्रमा आत्मसमणर्पण गर्नु पर्ने छ ।
अवैध हतियार राखेको आरोप प्रमाणीत भएपछि गएको मार्च २१ तारिखमा भारतीय सर्वोच्च अदालतले दत्तलाई पाँच वर्षको जेल सजाँय सुनाएको थियो ।
यसअघि डेढ वर्षको जेल सजायँ पूरा गरिसकेका ५३ वर्षिय दत्तले अब साढे तीन वर्षको जेल सजाँय पूरा गर्न बाँकी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.