तमिल फिल्मका निर्देशक जीएन रंगराजनको निधन



एजेन्सी। तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर सार्वजनिक हुन् । जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने समस्याहरु थियो । जीएनआर कुमारावेलनले बुबाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् ‘मेरो बुबा, मेरो प्रेम आज बिहान ८: ४५ मा बित्नुभयो ।’

निर्देशकको निधनप्रति फिल्म उद्योगका स्टारलगायत थुप्रैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । जीएन रंगराजनले कमल हसनका साथ कयौं फिल्म गरेका छन् । महारसन, कल्यानारमन, एलम इनबामयम, कादल मीनगल, मुथु एनगल सोथु, पल्लबी मीनदम पल्लवी, अदुथातु अल्बर्टलगायत थुप्रै हिट छन् । कमल हासन र श्रीदेवी अभिनित सुपरहिट फिल्म ‘मीनदम कोकिला’बाट उनी सर्वत्र चिनिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.