कोरोना संक्रमणबाट गायिका राईको निधन



काठमाडौँ। गायिका लासिमित राईको निधन भएको छ । थुप्रै चलचित्र तथा आधुनिक गीतमा स्वर दिएकी गायिका राईको कोरोना संक्रमणका कारण निधन भएको हो । कोरोना संक्रमण भएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी ५३ वर्षीया राईको शुक्रबार निधन भएको हो । शुक्रबार नै नेपाली सेनाको टोलीबाट उनको अन्त्येष्टि गरिएको जनाईएको छ ।

भारतको राङ्गु जल्पाईगुडीमा जन्मिएकी राई तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय थिइन् । ललितपुर सातदोबाटोमा बस्दै आएकी उनले गतवर्ष मात्रै श्रीमान गुमाएकी थिइन् । निःसन्तान उनी श्रीमानको निधनपछि मानसिक रुपमा कमजोर थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एमए गरेकी राईले जाउलाखोलमा रहेको युनाइटेड एकेडेमीमा नेपाली साहित्य अध्यापन गराउँदै आएकी थिइन् । ‘गाउँले’मा समावेश ‘मायालुको मुहारै हँसिलो’, ‘लेखान्त’को ‘संगसंगै बाँच्न पाउँ, संगसंगै मर्न पाउँ’, ‘परदेशी कान्छा’मा समावेश ‘मरि गए मुरी माटो बाँचे सगरमाथा’, ‘माझी दाई’को ‘आज मैले राम नामै जपेँ’ ईत्यादी उनका चलचित्रका रुचाईएका गीतहरु हुन् । त्यस्तै आधुनिकतर्फ ‘सुनकोशीको सुनको पानी’, ‘सम्झनाले’, ‘लाग्यो कि गोली’, ‘घामले पनि पोल्छ’, ‘चुलबुले मन’, ‘किन तिमी टाढा भयौं’ ईत्यादी रुचाईएका गीत हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.