पत्रकारलाई नि:शुल्क उपचार, ७ लाखको दुर्घटना बीमा



काठमाडौँ। सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार, ७ लाखको दुर्घटना बीमा गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार र ७ लाखको दुर्घटना बीमा गरिने जानकारी दिए । सरकारको यो घोषणाले आम श्रमजिवी पत्रकारको सम्मान गरेको छ ।

श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको बीमा, ५० प्रतिशत बिमा प्रिमियम सरकारले व्यहोर्ने भएको हो । साउन १ गतेदेखि पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सेवा परिचय पत्रका आधारमा देशभरका स्वास्थ्य संस्थामा निःशुल्क उपचार सेवाको व्यवस्था गरेको हो ।